प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव

डिसी नेपाल
२३ माघ २०८२ २१:०२
20
Shares

काठमाडौं। पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।

भारतीय दूतावासले आज आयोजना गरेको ‘६१औँ भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस’मा उनले नेपालको विकासमा भारतको योगदानको स्मरण गर्दै प्राविधिक तथा आर्थिक विकासमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका हुन्।

“नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक रूपमा एतिहासिक सम्बन्ध रहेको छ”, पूर्वराष्ट्रपति डा यादवले भने, “स्वास्थ, भौतिक पूर्वाधारदेखि शिक्षा र प्राविधिक क्षेत्रमा पुर्याएको योगदान महत्त्वपूर्ण छ।” नेपाल विकासमा उल्लेखनीय सहयोग गर्दै आएको भारत सरकारले आगामी दिनमा पनि सहकार्य प्रभावकारी रहने विश्वास व्यक्त गरे।

नेपालका लागि भारतीय राजदूत नभीन श्रीवास्तवले नेपालका विभिन्न क्षेत्रका सरकारी कर्मचारी, प्रहरी, नेपाली सेना, पत्रकारलागयतका ३५ हजारभन्दा धेरै मानिसले तालिम लिएको जानकारी दिए। सो अवसर तालिमको अनुभव साटासाट गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.