उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

डिसी नेपाल
२३ माघ २०८२ २२:४९
20
Shares

जलेश्वर (महोत्तरी)। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण रहेको बताएका छन्।

उज्यालो नेपाल पार्टीले शुक्रबार महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित महेन्द्र चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेस प्रदेशलाई उज्यालोमय बनाउन आफ्नो पार्टीका उमेदवारलाई जिताउन आग्रह गरे।

अध्यक्ष घिसिङले देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको र आफ्नो पार्टीको मुख्य एजेन्डा नै मधेस तथा समग्र देशबाट भ्रष्टाचार अन्त्य गर्नु रहेको उल्लेख गरे।

उनले मधेसमा सामाजिक, वर्गीय जस्ता अनेकौ विभेद कायम रहेकाले प्रदेश पछाडि परेको हुँदा ती विभेदलाई अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.