आदिवासी जनजाति समुदायको हकहितका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

डिसी नेपाल
२५ माघ २०८२ १६:२१
4
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आदिवासी जनजाति समुदायको हकहित र अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले आदिवासी जनजाति समुदायको जीवनस्तर उकास्न, पहिचान जोगाउन, राज्यको मूलधारमा सम्मानजनक सुनिश्चितता, सहभागिता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

आगामी दिनमा समेत आदिवासी जनजातिको ज्ञानको संरक्षण, प्रवद्र्धन गर्न र राज्यको नीति निर्माणमा अर्थपूर्ण सहभागिता सुनिश्चित गराउन नेपाल सरकार लागिरहने उनले बताए।

गृहमन्त्री अर्यालले संविधानको मर्म अनुसार समावेशी र सहभागितामूलक राज्य व्यवस्था सुदृढ गर्दै आएको धारणा राखे।

सामाजिक सद्भाव, सहअस्तीत्व र आपसी सम्मान नै समृद्ध राष्ट्र निर्माणको आधार भएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.