भेटघाटमा ओली, देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह

डिसी नेपाल
२५ माघ २०८२ १६:५१
20
Shares

झापा। झापा कमल गाउँपालिकाका बासिन्दाहरुले आफुहरु बहक्याउने होइन, देश बनाउने नेतालाई रोज्ने बताएका छन्।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशिल नागरिक भएको ठाउँ भएकाले यहाँ कोहीपनि बहकिने मतदाता पनि नभएको बताए।

आइतबार कमल गाउँपालिकाको वडा नं. ५ बाट विभिन्न बस्तीका बासिन्दासँग ओलीले भेटघाट शुरु गरेका हुन्। अध्यक्ष ओलीलाई स्वागत गर्दै उनीहरुले यो क्षेत्रको विकासमा लगाएको गुन कहिल्यै भुल्न नसकिने समेत उल्लेख गरे।

स्थानीय शोभा संग्रौलाले जनतालाई भुल्याउने, बहकाउन नेता नचाहिने बरु आफ्नो क्षेत्र र देश बनाउने नेता चाहिएको बताए। अध्यक्ष ओलीको स्वागत गर्दै स्थानीय ज्येष्ठ नागरिकहरुले अझै केहि समय विश्राम नलिई देश बनाउन उनलाई आग्रह गरे।

अरुको भर नभएको भन्दै वृद्धवृद्धाहरुले मतदानका लागि लागि आफूहरु कसैको कुरा नसुन्ने र ओलीलाई फेरि जिताउने बताएका थिए। अध्यक्ष ओली स्वर्गीय खम्बासिंह दर्जीको शोकको कार्यक्रममा पनि सहभागी भए।

ओली क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिकाका विभिन्न बस्तीमा पुग्ने तालिका रहेको एमाले गाउँ कमिटी अध्यक्ष हरी ढकालले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *