न्युयोर्कमा संविधान दिवस समारोह

डिसी नेपाल
१ असोज २०७६ २३:१४

अमेरिका । संविधान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोग र न्युयोर्कस्थित महावाणिज्य दूतावासद्वारा मङ्गलबार न्युयोर्कमा एक स्वागत समारोहको आयोजना गरियो।

त्यस अवसरमा अतिथिहरूको स्वागत गर्दै संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राईले शिष्ट र सभ्य राष्ट्रहरूको समूहको एक सदस्य देश नेपाल युगौँदेखि शान्तिप्रिय र जिम्मेवार मुलुकका रुपमा रहेको बताए।

चार वर्षअघि निर्वाचित जनप्रतिनिधिले तयार गरी संविधानसभाबाट जारी नेपालको संविधानले राजनीतिक रुपान्तरणलाई संस्थागत गरेको जानकारी दिँदै उनले ‘समृद्ध नेपाल, खुशी नेपाली’ राष्ट्रिय आकाङ्क्षा साकार पार्न दिगो आर्थिक विकासको पथमा नेपाल अग्रसर भइरहेको बताए।

समारोहमा न्युयोर्कस्थित कूटनीतिक नियोगका पदाधिकारीका साथै संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारी, व्यापारी तथा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको न्युयोर्कमा रहेको स्थायी नेपाली नियोगले जनाएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *