निकप्रति पूरै इम्प्रेस भइन् प्रियंकाकी आमा मधु, यस्तो के गरे निकले ?
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो इन्गेजमेन्टका कारण चर्चामा छिन्। उनले केही दिनअघि मात्र अमेरिकन गायक निक जोनस्सँग इन्गेजमेन्ट गरेकी छिन्।
केही दिनअघि मुंबईमा भएको इन्गेजमेन्ट पार्टीमा निकका परिवार पनि सामेल भएका थिए। त्यो दिन सबै ट्रेडिशनल रंगमा रंगिरहेका थिए।
निक प्रियंकासँग पूजामा बसेका तस्वीर सार्वजनिक भएका थिए। विदेशी भएर पनि निक जुन ढंगले पूजामा बसेका थिए, त्यसप्रति प्रियंकाकी आमा निकै इम्प्रेस देखिएकी थिइन्।
डिएनएमा दिएको एक अन्तवार्तामा प्रियंकाकी आमा मधु चोपडाले छोरीको इन्गेजमेन्टका बारेमा कुरा गरेकी थिइन्। निकले पूजामा संस्कृत मन्त्रको समेत सही उच्चारण गरेको उनले खुलासा गरेकी थिइन्।
मधुले भनिन्, पूजाका क्रममा निकले प्रार्थनाबाट निकै आनन्द लिए। यो उनका लागि नयाँ थियो, तर पनि उनले यसलाई गम्भिरताका साथ लिए। उनी त्यही गरिरहेका थिए, जुन पण्डितले गर्न भनेका थिए। निकले संस्कृतको एकदम सही उच्चारण गरे। निक र उनका परिवारले हाम्रो संस्कृति अनुसारको पुजालाई निकै राम्रो तरिकाले निर्वाह गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment