निर्वाचनका लागि भारतले गरेको सहयोगप्रति प्रधानमन्त्रीदार धन्यवाद ज्ञापन

डिसी नेपाल
२७ माघ २०८२ १६:०५
36
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिएकी छन्।

प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मंगलबार सिंहदरबारमा बोलाएर मुलुकको विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधन लगायत विभिन्न सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिएकी हुन्।

सो क्रममा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताएका थिए। साथै राजदूत श्रीवास्तावले निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने उल्लेख गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.