कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष यादवको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
२७ माघ २०८२ २२:३२
120
Shares

काठमाडौं। नेपाली कांग्रेसले पार्टीका मधेस प्रदेश कार्यसमिति कोषाध्यक्ष एवं हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवको निधनप्रति दुःख व्यक्त गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद ढकालले आज शोक विज्ञप्ति जारी गरी स्व यादवले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको बताए। यादवको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ।

यादवको निधनप्रति कांग्रेस सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। ‘पार्टीका नेता यादवको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ, स्व यादवले पार्टी सङ्गठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, शोक भनिएको छ।

सभापति थापाले स्व यादवको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

मधेस प्रदेशका नगरपालिका सङ्घका अध्यक्षसमेत रहनुभएका यादवको उपचारका क्रममा गए राति नर्भिक अस्पतालमा निधन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.