काठमाडौंका ११ वटै स्थानीय तहका मतदाता शिक्षा अनुगमनमा खटिनेलाई अभिमुखीकरण
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता शिक्षाका लागि काठमाडौंका ११ वटै स्थानीय तहमा खटिने अनुगमनकर्तालाई आज अभिमुखीकरण गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा अनुगमनकर्ताको काम, कर्तव्य र गर्नुपर्ने कामका विषयमा प्रशिक्षित गरिएको थियो । सङ्घीय राजधानी काठमाडौंका ११ वटै स्थानीय तहका सबै वडामा खटिने मतदाता शिक्षा स्वयंसेवकका लागि फागुन १ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको निर्वाचन कार्यालय काठमाडौंका सूचना अधिकारी सृजना रायमाझीले राससलाई जानकारी दिए।
अन्य जिल्लाका स्थानीय तहमा खटिने मतदाता शिक्षा अनुगमनकर्ता र वडामा खटिने स्वयंसेवकलाई पनि आजदेखि नै अभिमुखीकरण सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ।
फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाउन आयोगले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयलाई पत्राचार गरिसकेको छ । स्वयंसेवकले दिने मतदाताका शिक्षाका बारेमा प्रत्येक स्थानीय तहमा खटाइएका अनुगमनकर्ताले अनुगमन गर्ने जनाइएको छ।







डिसी नेपाल







Facebook Comment