तोकिएकै समयमा निर्वाचन हुनुपर्छः संयोजक दाहाल

डिसी नेपाल
२९ माघ २०८२ २१:५५
4
Shares

ढोरपाटन (बागलुङ) । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन् । बागलुङको बुर्तिबाङमा आज आयोजित जनसंवाद कार्यक्रममा उहाँले देशलाई निकास दिने विकल्प निर्वाचन भएको बताए।

कतिपय राजनीतिक दलहरूले निर्वाचनका विरुद्ध सर्वदलीय सरकार र संसद् पुनःस्थापनाका कुरा उठाए पनि नेकपाले निर्वाचन नै रोजेको संयोजक दाहालले उल्लेख गरे। गत भदौ २३ र २४ गतेको आन्दोलनलगत्तै आफूहरुले जनतामा जाने विकल्प रोजेको उनको भनाइ थियो।

आगामी निर्वाचनलाई राष्ट्रको रक्षा र स्वाधीनताका पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने संयोजक दाहालले बताए। राजनीतिक दल र जनताले २०८४ मा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन लागेको उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.