अमेरिकाको बाल्टिमोरमा “रक्टोबर नाइट्स” कन्सर्ट हुने
बाल्टिमोर । नेपालीहरुको महानपर्व वडा दशैंको अवसरमा अमेरिकाको बाल्टिमोरमा गुर्ख़ाज इन्टरटेन्टमेन्टले “रक्टोबर नाइट्स” कन्सर्ट गर्ने भएको छ ।
आगामी अक्टोबर ५ तारिखका दिन बाल्टिमोरमा “रक्टोबर नाइट्स” कन्सर्ट आयोजना गर्ने भएको छ।
२०१९ सालको पहिलो कन्सर्ट “पहिलो भेट”को सफलता पछि गुर्ख़ाज इन्टरटेन्टमेन्टले यो सालको दोश्रो कन्सर्ट हुनेछ।
उक्त कन्सर्टमा नेपालका चर्चित रक ब्यान्ड आल्बाट्रोसको प्रमुख प्रस्तुती रहनेछ। एक दशकभन्दा बढी नेपालको रक संगीतमा सक्रिय रहेको आल्बाट्रोसको अमेरिकामा रातको रानी रक टुर अंतरगत उक्त प्रस्तुती रहनेछ।
सोही कार्यक्रममा आल्बाट्रोसलाई साथ दिन मोक्ष मंत्र ब्यान्डको पनि प्रस्तुति रहनेछ। गत मे महिनाको “पहिलो भेट” कन्सर्टमा पनि मोक्ष मंत्र ओपनिङ ब्यान्ड पनि सहभागी थियो । कार्यक्रममा डेब्यू लोकल आर्टिस्टका रुपमा “डिसी रकर्ज़” र “रजल“ को प्रस्तुति रहनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment