धनकौलमा कांग्रेसका सहनीसहितका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश

डिसी नेपाल
३ फागुन २०८२ ९:०३
356
Shares

मलंगवा । नेपाली कांग्रेस परित्याग गरी सर्लाहीको धनकौल गाउँपालिकाका सक्रिय स्थानीय नेता हरेन्द्र सहनीसहितका नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

एमालेका नेता शिवपुजन राय यादवले उनीलाई पार्टीमा स्वागत तथा अभिनन्दन गर्दै उनीहरुको आगमनले संगठनलाई थप मजबुत, संगठित र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

सहनी धनकौल गाउँपालिकाकि उपप्रमुख अकली सहनीका श्रीमान हुन्। उनी लामो समयदेखि स्थानीय सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। उनको सहभागिताले आगामी दिनमा जनसेवा र संगठन विस्तार अभियानलाई गति दिने अपेक्षा गरिएको पार्टीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *