चुनावको वातावरण अझै बन्न नसकेको ओलीको टिप्पणी
झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बन्न नसकेको बताएका छन्।
आइतबार झापाको भद्रपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अहिलेसम्म हेर्दा अझै पनि तोकिएको समयमा ढुक्कका साथ निर्वाचन हुनेमा संशय रहेको बताएका हुन्।
‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं। चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि,’ उनले भने। सो क्रममा उनलाई सञ्चारकर्मीले सोध, ‘तपाईं के देख्नुहुन्छ?’ जवाफमा ओलीले भनेका छन्, ‘चुनाव त हुन्छ भन्ठान्छु अब।’
ओलीले बंगलादेशमा जस्तै नेपालमा पनि सामाजिक सञ्जालमा पपुलर भएका व्यक्तिहरु थोरै सिटमा समेटिने जिकिर गरे।
आसन्न निर्वाचनका लागि आफु सवै मतदाताको घर–घरमा पुग्ने प्रयास गर्ने उनले बताए। झापा क्षेत्र नं. ५ का उम्मेदवार ओली मतदाता भेटघाट तथा अन्य निर्वाचन केन्द्रीत कार्यक्रमका लागि झापा पुगेका हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment