भीम रावललाई धक्का, केन्द्रीय सदस्य, पूर्वमन्त्रीसहित दर्जनौं नेता एमालेमा गए

डिसी नेपाल
४ फागुन २०८२ ११:०५
3.1k
Shares

काठमाडौं । अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहेका भीम रावललाई ठूलो धक्का लागेको छ । यहाँ पार्टीको केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसहित ६ दर्जनभन्दा धेरै नेताहरू एमालेमा गएका छन् ।

यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट भीम रावल, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट दिपक साउद र नेपाली कांग्रेसका तर्फबाट भरतकुमार स्वाँर उम्मेदवार छन् ।

निर्वाचन नजिकिँदै नेकपाकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशकी पूर्व राज्यमन्त्री मना कुमारी साउदसहित ७५ भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा फर्किएका हुन् । उनीहरूले सामूहिक राजीनामा दिँदै “घर” फर्किएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.