रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

डिसी नेपाल
४ फागुन २०८२ १३:४२
24
Shares

काठमाडौं। राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन्।

सोमबार ललितपुरमा आयोजना गरिएको घरदैलो कार्यक्रममा बोल्दै खरेलले यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा रास्वपाले १५१ सिटको लक्ष्य राखेको बताए। ‘यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा हामीले १५१ सिटको लक्ष्य राखेका छौं। यसपटक रास्वपाको एकलौटी सरकार बन्दैछ,’ उनले भने।

उनले फागुन २१ गतेको चुनावले सरकार, संसद मात्र बनाउने नभइ नेपालको भाग्य र भविष्यको समेत परिवर्तन गर्ने आधारशिला तयार पारेको बताए। खरेलले ललितपुरका तीनवटै क्षेत्रमा रास्वपाले जित्ने दाबी समेत गरे।

सो क्रममा उनले ललितपुरको सम्पदा आफ्नो जीवन भन्दा पनि प्यारो भएकाले सम्पदाको संरक्षण गर्नु पहिले दायित्व भएको बताए। यस्तै ललितपुर महागरपालिकाको रास्वपाका सभापति ललित महर्जनले पनि रास्वपाले अत्याधिक बहुमतले चुनाव जित्ने दाबी गरे । उनले घरदैलो कार्यक्रममा मतदाताले नै चुनावी माहोललाई साथ दिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.