दुई तिहाइको सरकारले जनताको चाहना पूरा गर्न सकेन : नेता सिंह

डिसी नेपाल
२ असोज २०७६ ११:२८

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरका छन्। स्वर्गीय सिंह संघर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढंगले नेतृत्व गर्नसक्ने नेता भएको चर्चा गरे।

गशेणमान सिंहको २२ औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको बताए।

एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन सिंहको महत्वपूर्ण योगदान रहेको स्मरण गर्न समेत अपिल गरे।

दुई तिहाइको सरकारले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता सिंहले वर्तमान सरकारले जनताको चाहना पूरा गर्न नसकेको जनाए। पार्टीका नेता सिंहले नेपाली कांग्रेस संस्थागत रूपमा अगाडि बढ्न नसकेको भन्दै पार्टीलाई विधि विधान अनुसार संचालन गर्नुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *