वडाध्यक्षले चलाएको गाडीको ठक्करबाट एकको मृत्यु, चार जना घाइते

डिसी नेपाल
५ फागुन २०८२ २०:५९
1.7k
Shares

धनगढी । कैलालीको कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालक ईप्सा चौधरीको ज्यान गएको छ।

वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्र बमले चलाएको भे१च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको से५प २७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी कैलारी गाउँपालिका–५ निवासी करिब ३५ वर्षीया चौधरीलाई तत्काल उपचारका लागि धनगढी ल्याइएकोमा उनको उपचारकै क्रममा ज्यान गएको हो।

घटनामा गाडी चालक ४० वर्षीय बमको मुखमा चोट लागेको छ। गाडीमा सवार ५० वर्षीय तारा चौधरीको टाउको र बायाँ खुट्टामा गम्भीर चोट लागेको छ भने ३४ वर्षीय बलिराम चौधरीको शरीर र बायाँ हातमा चोट लागेको छ। त्यसैगरी ३१ वर्षीय कमलेस चौधरीको बायाँ खुट्टामा चोट लागेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.