सागका लागि गौरिकासहित ३२ पौडी खेलाडी छनोट

डिसी नेपाल
२ असोज २०७६ १२:३४

काठमाडौं । कीर्तिमानी पौडीबाज गौरिका सिंहसँगै वैदेशिक प्रशिक्षणमा रहेको ५ खेलाडीलाई समेट्दै नेपाल पौडी संघले नेपालमा मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३२ खेलाडी छनोट गरेको छ । जसमा १८ पुरुष र १४ महिला खेलाडी रहेका छन् ।

संघले आठौं राष्ट्रिय खेलकुद, नवौं एनएसए पौडी च्याम्पियनसिप, फिना अंकको आधारमा खेलाडी छनोट गरिएको उल्लेख गरेको छ । यस्तै विदेशमा रहेको खेलाडीको हकमा आठौं खेली विदेशमा प्रशिक्षणमा रहेको र साप्ताहिक प्रशिक्षण तथा प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको जनाएको छ ।

विदेश प्रशिक्षणमा रहेका पुरुष खेलाडीमा सैयदहम्जा शाह र नाथन दोर्जे शेर्पा रहेका छन । महिलामा गौरिका सिंह, दुवाना लामा र सोफिया शाह सागको टोलीमा समेटिएका छन् । पुरुषमा अलेक्जण्डर शाह, अनुभव शुब्बा, शुभम श्रेष्ठ, विकास कुमाल, दिपांकर अवाले, तेञ्जिङ गुरुङ, नासिल हुसैन, गौरव लामा, दिलिप थापामगर, बेदज राज जोशी, तरुण भण्डारी जेविस पौडेल, सागर नायक, स्पन्दन शाक्य, जयन्त प्रसाद गुरुङ र र्निभय थापा छन् ।

महिलामा अनुसिया तन्डुकार, टिसा शाक्य, उपास्ती महर्जन, अदिप्सा वैद्य, समिरा शोभा थापा, युस्का महर्जन, रोसा न्यौपाने, श्रेवी महर्जन, अनुष्का पोखरेल, आज्मी शेरचन र शिक्षा श्रेष्ठ छनोट भएकी छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *