पशुपतिमा भक्तजन र प्रहरीमाथि अभद्र व्यवसार गर्ने युवक पक्राउ
काठमाडौं। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनलाई अभद्र व्यवहार र प्रहरी कर्मचारीमाथि जाइलाग्ने युवक आज पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका प्रहरीले जनाएको छ।
निजमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। ती युवकले शिवरात्रिका दिन पशुपति मन्दिरमा भक्तजनलाई अभद्र व्यहार र प्रहरीमाथि कुटपिट गरेको ‘भिडियो’ सार्वजनिक भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment