नेपाली टोली बुधबार सिंगापुर प्रस्थान गर्ने!

डिसी नेपाल
२ असोज २०७६ १२:५५

काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । बिहिबार आयोजित राष्ट्रिय क्रिकेट टिमको घोषणा कार्यक्रममा नेपाली टिम बुधबार सिंगापुर प्रस्थान गर्ने बताइएको छ।

प्रतियोगिताको लागि नेपालले बिहिबार नै १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । नेपालले घोषणा गरेको टिममा दुई नयाँ अनुहार छन् । जसमा ब्याट्सम्यान ईशान पाण्डे र अलराउण्डर कुशल मल्ल रहेका छन् । ज्ञानेन्द्र मल्ल टिममा नहुदा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिईएको छ । यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र बलर बसन्त रेग्मी टिममा अटाएका छैनन् ।

सिंगापुर क्रिकेटको आयोजनामा हुने टी–ट्वान्टी सिरिज सेप्टम्बर २७ बाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे रहेका छन् । नेपालले जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । सिंगापुर क्रिकेटको अनुसार नेपालले सेप्टेम्बर २७ मा जिम्वाबेसँग खेल्नेछ । यस्तै २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा दोस्रो खेल खेल्नेछ । यस्तै २ अक्टोबरमा सिंगापुरसँग खेल्नेछ ।डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

नेपाली टोलीः

पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, कारण केसी, विनोद भण्डारी, ललित नारायण राजबंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा, रोहित कुमार पौडेल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *