एनआरएनए साउदी अरवको कार्ययोजना सार्वजनिक

डिसी नेपाल
२ असोज २०७६ १३:५०

साउदी । गैर आवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी)साउदी अरवले आफ्नो कार्ययोजना प्रस्तुत गरेको छ।

संघले २०१९–०२१ कार्यकालको कार्यायोजना तथा घोषणा पत्र सार्वजानिक गर्दै लक्षित उदेश्य परिपूर्तिका लागि भुतपुर्व तथा वर्तमान पदाधिकारीहरु, अग्रज तथा बुद्धिजीवीहरु, शुभचिन्तक, पंजीकृत सदस्य लगायत सम्पूर्ण नेपाली जनसमुदाय समक्ष अपिलसहित सहयोगको अपेक्षा गरेको जनाएको छ।

 

 आन्तरिक तयारी:

१.      संघको समुचित विस्तार तथा लोकप्रियतालाई केन्द्र बिन्दुमा राखी आन्तरिक तथा बाह्यरुपमा समन्वय, सहकार्य र एकता कायम गर्दै संस्थामा नयाँ आयाम थप्ने।

२.      दुई वर्षे कार्यतालिकाको मार्ग चित्र तयार गरि सोहि अनुरुप संस्थालाई अग्रगति प्रदान गर्ने।

३.      संथामा आवद्ध पंजीकृत सदस्यहरुको दक्षता, शिप, कला कुशलता पहिचान गरि क्षमता अभिवृति र नेतृत्व विकाशका लागी वातावरण तयार पर्ने।

४.      संघको प्रचार प्रसारलाई प्रभावकारी बनाउदै सामाजिक संजाल र मिडियामा संस्थागत गतिविधिलाई अध्यावधिक र प्रकाशनका लागी पद्धति बसाल्ने।

५.      सम्बन्धित क्षेत्रका सूचनाहरूलाई संस्थागत वेबसाईटमा द्रुतगतिमा सम्प्रेषण गर्न हरेक क्षेत्र बाट एक-एक जना सम्पादक सामेल गरि सम्पादन मण्डल निर्माण गर्न व्यवस्था मिलाउने।

६.      साउदी अरबको भौगोलिक अवस्था र नियम कानुनलाई मध्ये नजर राखी २ वर्षे कार्यकालमा मातहातका सबै क्षेत्रीय समितिहरुको सहयोग र सहकार्यमा १-१ वटा केन्द्रीयस्तरको कार्यक्रमहरु आयोजना गर्ने।

७.      संस्थाको मूल मर्म, संस्थागत मूल्य मान्यता,अनुशासन सहित संस्थामा बिगत देखि वर्तमान सम्म भए गरेका क्रियाकलापहरु समावेश गरेर मातहातका निकायहरुमा प्रशिक्षण कार्यक्रम चलाउने।

८.      सम्बन्धित क्षेत्रहरुमा भए गरेका संस्थागत गतिविधिहरुलाई अध्यावधिक गर्न समयमै नियमित बैठकहरु बसाउन र एनसीसी संग आपसी सम्बन्ध कायम राख्न सो क्षेत्र बाट एनसिसीमा प्रतिनिधित्व गर्न पदाधिकारीलाई जिम्मेवारी दिने।

९.      सम्बन्धित क्षेत्रहरुमा नेपाली श्रमिकहरुलाई परेका समस्या तथा एनआरएनले दिनसक्ने सेवा र समन्वयकारी भूमिकालाई चुस्त-दुरुस्त बनाउन लेबर टास्कफोर्स समितिलाई कार्यविधि, दायरा र प्रक्रिया निर्माण गरी सक्रिय रुपमा क्रियाशील हुन् दिशा निर्देशन गर्ने।

१०. सम्बन्धित क्षेत्रका पञ्चकृत सदस्यहरुकोे शीप, कला र कौशलता, प्रतिभा, खेल आदि पहिचान गर्नै ।

बाह्य तयारी :

१.      “विदेशी भूमिको प्रेरणा,स्वदेशमा रोजगारको सिर्जना” भन्ने मान्यतालाई स्थापित गर्न नेपालमा आईसीसीले आयोजना गरेका र गर्ने विभिन्न प्रोजेक्टहरुमा संघमा आवद्ध पंजीकृत सदस्यहरुलाई उनीहरुको विदेशी भूमिमा आर्जन गरेको अनुभव, दक्षता र सिपहरुको आधारमा स्वदेशमै रोजगारीको व्यवस्थामिलाउन अधिक पहल र अनुरोध गर्ने।

२.      संस्थालाई श्रम मैत्री बनाई विशेषत:रोजगारीको शिलसिलामा साउदी अरबमा रहेका र आउने नेपाली कामदारहरुको सुरक्षित, मर्यादित र सम्मानजनक रोजगारीका लागी यहाँ रहेका नेपाली नियोगहरु राजदुताबास रियाद र महावाणिज्य दुताबास जेद्धा संग समन्वय गरि सहकार्य गर्ने साथै श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग एनआरएनएको माथिल्लो निकाय,सचिवालय लगायतका सरोकारवालाहरु संग नेपाली कामदारहरुको हक हितमा नीति-नियम र कानुन निर्माण एवं परिमार्जन गरि कार्यान्वयनमा ध्यानाकर्षण सहित अनुराेध गर्ने।

३.      साउदी एनआरएनएको सिमित दायरा र पहुँचलाई फराकिलो बनाई, यहाँ रहेका विभिन्न संघ-संस्था, नेपाली जनसमुदाय, बुद्धिजीवी तथा अग्रजहरुसंग हातेमालो, सहकार्य, सहमति र एकता कायम गरी संस्थालाई प्रवासमा रहेका नेपालीहरुको समान साझा एवं सर्वमान्य संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने।

४.      संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराई सुमधुर सम्बन्ध कायम राख्न नेपाली दुताबास, महावाणिज्य दुताबास र कुटनीतिक नियोग, समिक संघ-संस्थाहरु संग समन्वय, हातेमालो तथा सहकार्यका लागी अधिकतम पहल गर्ने।

५.      नेपाल सरकारद्वारा घोषित भिजिट नेपाल २०२० को अवधारणालाई साउदी अरबमा व्यापक प्रचारप्रसार गर्नका लागी संस्थागत पहल गर्ने।

६.      हरेक कार्यकालमा आईसीसी द्वरा निर्देशित हुने एक एनसीसी एक परोपकारी परियोजनाको अवधारणालाई मध्यनजर गरि परिषद्को राय,सल्लाह र अनुमति लिई नेपालमा एक परोपकारी परियोजना सम्पन्न गर्ने।

७.      संथालाई साउदीमा वैधानिक मान्यता दिलाउन राजदुताबास मार्फत स्वीकृतिका लागी पहल गर्ने ।

आधारहरु:

·         जनशक्ति: 

एनआरएनए एनसीसी कार्यसमिति, मातहातका क्षेत्रीय तथा स्थानीय समिति तथा सर्यसमितिका पदाधिकारीहरु लगायत संघमा आवद्ध पंजीकृत सदस्य |

·         नेपाली नियोगहरु

·         साउदी अरबमा क्रियाशील विभिन्न संघ-संस्था, बुद्धिजीवी एवं नेपाली जनसमुदाय

·         अनुभवी तथा विशेषज्ञहरुको सल्लाह र सुझाव।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *