सिरहामा सडक बन्द गरेर गृहमन्त्रीको राजीनामा माग

डिसी नेपाल
७ फागुन २०८२ १३:१७
544
Shares

काठमाडौं । इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको ४ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकेपछि विरोधमा उत्रिएका स्थानीयले सिरहामा सडक जाम गरेका छन् । यादवको गोली हानी हत्या गरिएको थियो ।

स्थानीयले सिरहामा धनगढीमाई बजार क्षेत्रमा महेन्द्र राजमार्ग केही समय अवरुद्ध पारेका हुन् । उनीहरूले मृतकका परिवारलाई न्याय दिन, घटनाको छानबिन गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

प्रदर्शनकारीले अपराधीको सुराकसमेत पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । न्याय नपाए थप आन्दोलनको चेतावनी दिइएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र संलग्नको खोजी भइरहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.