कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : गगन थापा

डिसी नेपाल
७ फागुन २०८२ १४:२४
8
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन्।

उनले भने, ‘कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन। जोसुकै जोस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनकि पदमा बस्ने अधिकार छैन।’

उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए। उनले अब कार्यालय केन्द्रित होइन कि नागरिक केन्द्रित सेवा बनाउनुपर्ने बताए। उनले कुन काम कति समयमा सकिन्छ त्यो समयभित्र नै गर्नुपर्नेमा जोड दिए।

सभापति थापाले नागरिकले जति समयमा सेवा पाउनुपर्ने हो उल्लेख गरेपछि समय ढिला भए क्षतिपूर्ति पाउने व्यवस्था गराउनुपर्ने बताए। उनले भने ,’सार्वजनिक सेवामा कुनै पनि कुरा एक दिनमा बनाइनेछ भन्यो भने त्यो एकै दिनमा बनाइनुपर्छ। एक घण्टामा सेवा पाइनेछ भन्दा त्यो एकै घण्टामा सेवा पाउनुपर्छ। यसको निम्ति प्रविधिको प्रयोग कसरी गर्ने ? अहिले भइरहेका कुन- कुन कानूनमा संशोधन गर्ने र भौतिक पूर्वाधार कसरी निर्माण गर्ने र घरमै नागरिकलाई सेवा कसरी दिन सक्ने।’

उनले डिजिटल सार्वजनिक सेवा ७ दिन, २४ सै घण्टा र सेवामा ढिला सुस्ती भए नागरिकलाई क्षतिपूर्ति लगायतका व्यवस्था कांग्रेसले योजनाबद्ध रूपमा अगाडि सारेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *