जुम्लामा जिप दुर्घटना, सात जना घाइते

डिसी नेपाल
७ फागुन २०८२ १५:२४
204
Shares

जुम्ला । बिहिबार दिउँसो जुम्लामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। घाइते मध्ये दुईको अवस्था गम्भिर रहेको छ ।

दिउँसो १२:५ बजे तातोपानी गाउँपालिका–६ धौलापानीमा जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप गती अनियन्त्रित भएर सडकबाट करीव ५० मिटर तल खसेको थियो।
दुर्घटना लगत्तै निर्वाचन क्षेत्र सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोलीले निर्वाचन प्रहरी समेतको सहयोगमा उद्धार गरेको हो।

घाइतेहरूलाई उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको जुम्लाका सशस्त्र प्रहरी नायब महानिरीक्षक बिष्णु प्रसाद भट्टले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.