कैलाली-४ मा एमाले नेता कांग्रेसमा प्रवेश
खैराला । कैलालीको चुरे गाउँपालिका-४ गर्भाका धनबहादुर बोगटी नेकपा एमाले परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
गर्भा दरबारमा आज आयोजित चुनावी सभामा बोगटी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन। उनलाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ ले अबिर तथा खादा लगाएर पार्टीमा स्वागत गरेका छन्।
२५ वर्षदेखि नेकपा एमालेमा सक्रिय रहेका बोगटीले एमालेका पछिल्ला गतिविधि समाज र आम नागरिकको हितविपरीत भइरहेकाले पार्टी परित्याग गरेर नेपाली कांग्रेसको आस्था अंगालेको बताए। उनले नेपाली कांग्रेसलाई उचाइमा पुगाउन आफू हरसम्भव प्रयत्न गरिरहने बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment