डेढ अर्बमा भीभीआईपीका लागि किनिएको हेलिकोप्टर काठमाडौं आयो

डिसी नेपाल
२ असोज २०७६ १८:४४

काठमाडौं। अति विशिष्ट व्यक्ति (भीभीआईपी)ले प्रयोग गर्ने भनेर सरकारले किनेको हेलिकोप्टर बिहीबार काठमाडौं आइपुगेको छ।

उक्त हेलिकोप्टर दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ। १ अर्ब ४० करोड रुपैयाँमा खरिद गरिएको हेलिकोप्टरको क्षमता ८ सिट रहेको छ।

नेपाली सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको उक्त हेलिकोप्टरको नेपाली दर्ता नम्बर ‘नाइएन–पिएमए’ हुनेछ।

इटालीबाट खरिद गरिएको यो हेलिकप्टर नेपाली सेनाको स्वामित्व र सञ्चालन हुने भए पनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणको रहनेछ। यो हेलिकोप्टर सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाटै अनुमति लिनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *