यू–१८ साफ च्याम्पियनसिपः उपाधि जित्ने लक्ष्य, आक्रामक रणनीति

डिसी नेपाल
२ असोज २०७६ १९:२४

काठमाडौं। नेपालको साफ यू–१८ टोलीले च्याम्पियनसिपको उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने लक्ष्य लिएको छ । काठमाडांैमा एन्फाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय यू–१८ फुटबल टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले तेस्रो संस्करणको साफ यू–१८ उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने विश्वास ब्यक्त गरे।

हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको रंगशालामा शुक्रबार शुरु हुने प्रतियोगिता अघि प्रि – म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले टिमको तयारी उत्कृष्ट रहेको कारण उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए। प्रतियोगितामा सहभागि सबै टिम राम्रो भए पनि नेपालको तयारी उत्कृष्ट रहेको भन्दै प्रशिक्षक श्रेष्ठले उपाधि जितेर ह्याट्रिक गर्ने बताए।

सबै खेल घरेलु मैदानमा भएको र प्रतियोगिता अघि ४५ दिन तयारीले उपाधि जित्न सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए। प्रतियोगिताको उपाधि जित्न टिमले अट्याकिङ पोजिसनलाई बढी फोकस गरेको समेत बताए।

नेपालले शुक्रबार माल्दिभ्ससँग प्रतियोगिताको पहिलो खेल खेल्दैछ । यसअघि नेपालले नेपालमै भएको पहिलो र भुटानमा भएको दोस्रो संस्करणको उपाधि नेपालले जितेको थियो । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ ।

समूह ‘बी’ मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सहज मानिएको समूहमा रहेको नेपाललाई सेमिफाइनल पुग्न कठिन भने हुने छैन । सेमिफाइनल पछिका खेलमा भने नेपालको सामना अर्को समूहमा रहेका भारत र बंगलादेश सँग हुनेछ । दुबै टीम साफ यू–१८मा पनि बलियो मानिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *