जित कुण्डो शुरु
काठमाडौं। नेपाल जित कुण्डो मार्शल आर्ट्स संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा टोखा नगरपालिका प्रथम मेयर कप जित कुण्डो मार्सल आर्ट्स राष्ट्रिय आमन्त्रण प्रतियोगिता बिहीबार टोखामा शुरु भएको छ ।
प्रतियोगिताको उपप्रधानमन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषमा ५ र महिलामा १ गरी ६ तौल समूहमा प्रतिस्पर्धा भइरहेको आयोजक संघका महासचिव शिवबहादुर थापाले जनाएका छन् ।
प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । दुईदिने प्रतियोगिताको पहिलो दिन क्वाटरफाइनल चरणसम्मका खेल सम्पन्न भएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment