मकवानपुरमा ट्रक र बस एक आपसमा ठोक्किँदा १४ जना घाइते

डिसी नेपाल
१५ फागुन २०८२ १०:५५
28
Shares

काठमाडौं। मकवानपुरमा चामल लोड गरिएको ट्रक र यात्रु बाहक बस एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।

बिहीबार मकवानपुरको मनहरी गाउँपालिका-९ रजैया स्थित पूर्व पश्चिम सडक खण्डबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र ०६-००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र १-०१-००१ ख ४७६८ नम्बरको यात्रु बाहक बस राति ११:४० बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

मनहरी मकवानपुरबाट खटिएका प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारको लागी हेटौडा पाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अहिले चुरे हिल अस्पताल हेटौडामा उपचार भई रहेको छ।

घटनाबारे अन्य विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *