मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राती तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग सहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।







डिसी नेपाल







Facebook Comment