अमेरिकास्थित नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्रले १९ औं वार्षिकोत्सव मनाउँदै
वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको मेरिल्याण्डमा अवस्थित नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी)ले आफ्नो १९ औं वार्षिकोत्सव तथा चाडपर्वहरुलाई लक्षित गरेर बिभिन्न कार्यक्रमहरु गर्ने भएको छ।
एनइसीसीले २९ सेप्टेम्बर अर्थात घटस्थापनाका दिन ‘पशुपति–बुद्ध मन्दिर’मा बिभिन्न कार्यक्रम गर्ने भएको छ। उक्त दिन एनइसीसीले बिहान ९ बजेदेखि कार्यक्रम सुरु हुने जनाएको छ।
उक्त कार्यक्रममा भाग लिनका लागि एनइसीसीले सम्पूर्ण सदस्यहरु लगायत नेपाली समुदायलाई निमन्त्रणा पनि गरेको छ।
यस्तो रहको छ एनईसीसीको कार्यक्रम
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment