प्रतिनिधिसभा निर्वाचन : १२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतदानमा मुस्ताङ जिल्लामा ४२.८४ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ।
मुस्ताङमा मध्याह्न १२ बजेसम्म चार हजार ८५२ मतदान भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। यसमा पुरुष दुई हजार ४६३ र महिला दुई हजार ३८८ र अन्य एक मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको उनले जानकारी दिए।
जिल्लामा कूल मतदाता ११ हजार ३२८ रहेका छन्। जसमा पुरुष पाँच हजार ५५९, महिला पाँच हजार ७६८ र अन्य एकजना मतदाता रहेको आयोगले जनाएको छ। जिल्लामा अहिले पनि मतदान प्रक्रिया जारी रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment