टी–२० विश्वकप सेमिफाइनलमा इंग्ल्यान्डलाई भारतको २५४ रनको विशाल लक्ष्य

डिसी नेपाल
२१ फागुन २०८२ २१:२८
28
Shares

काठमाडौं । टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा भारतले इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य दिएको छ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा घरेलु टोली भारतले २५४ रनको विशाल लक्ष्य दिएको हो।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रन जोड्यो।

भारतका लागि सन्जु सामसनले ८९ रनको विष्फोटक पारी खेले। शिवम दुबेले ४३, इशान किशनले ३९, हार्दिक पाण्ड्याले २७ र लक बर्माले २१ रन जोडे।

बलिङतर्फ इंग्ल्यान्डका आदिल राशिद र विल ज्याक्सले दुई–दुई तथा जोफ्रा आर्चरले एक विकेट लिए।  आजको खेलको विजेताले उपाधिका लागि न्यूजिल्यान्डसँग खेल्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.