‘धोनीलाई ससम्मान विदा गरेर टि–२० विश्वकपमा ऋषभ पन्तलाई खेलाउनुपर्छ’

डिसी नेपाल
३ असोज २०७६ १५:५३

एजेन्सी। भारतीय क्रिकेट टिमका पूर्व कप्तान सुनिल गावस्करले भारतीय क्रिकेट टिमले अब महेन्द्रसिंह धोनीभन्दा अगाडि हेर्नुपर्ने बताएका छन् । उनले आगामी वर्ष हुने टि–२० विश्वकपसम्म धोनीलाई टिमबाट ससम्मान विदा गरेर उनको ठाउँमा ऋषभ पन्तलाई ल्याउनुपर्ने बताए । गावस्करले विश्वकपका लागि आफ्नो पहिलो रोजाइ ऋषभ पन्त रहेको बताए ।

पन्तको प्रदर्शन पछिल्लो ४ टि–२० मा सन्तोषजनक छैन । यस क्रममा उनले केवल एक अर्धशतक बनाए । गावस्करले पन्तको पक्ष यस्तो समयमा लिएका छन् जतिबेला उनको प्रदर्शन ठिक छैन । कोच रवि शास्त्री समेत पूर्व क्रिकेटरहरु उनको प्रदर्शनलाई लिएर चिन्तित र निराश छन् । गावस्करले अगाडि भने ‘धोनीले भारतीय क्रिकेटमा धेरै योगदान दिएका छन् तर अब उनीभन्दा अगाडि सोच्ने समय आएको छ । धोनीलाई सम्मानका साथ विदा गर्ने समय आएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *