मुगुमा मत गणनाको तयारी हुँदै

डिसी नेपाल
२३ फागुन २०८२ १६:००
36
Shares

मुगु। निर्वाचन भएको डेढ दिनपछि हिमाली जिल्ला मुगुमा मतगणना सुरु भएको छ। शनिबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्बदलीय बैठकमा गोलाप्रथामार्फत दिउँसो ४ बजेबाट मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत मीन बहादुर कुँवरले बताए।

उनका अनुसार आज बसेको सर्बदलीय बैठकमा ४ बजेदेखि मतगणना कार्य सुरु गर्ने निर्णय भएको बताए।

गोलाप्रथा गरेर पहिलो मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं १ बाट मतगणना कार्य सुरु गरिने उनको भनाइ छ। भौगोलिक बिकटताले टाढा रहेका स्थानबाट मतपेटिका आउन बाँकी थियो।

शनिबार १ बजे मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत पेटिका पुगेपछि ४ बजेबाट मतगणना गर्ने विषयमा छलफल भएको थियो।

मुगुमा एक अस्थाई सहित ६९ वटा मतदान केन्द्र रहेका छन्। मुगुमा ३६ हजार ३१ मतदाता रहेका छन जसमध्ये २२ हजार ३ सय ५२ अथार्त ६० दशमलब ९८ प्रतिशत मत खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.