बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

डिसी नेपाल
२३ फागुन २०८२ १८:४०
10.0k
Shares

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ। सुरुवातीदेखि उच्च मतका साथ अघि रहेका गिरीलाई एमालेका लालबहादुर थापाले पच्छ्याउँदै अघि बढेका छन्।

बाजुराको हिमाली,खप्तड छेडेदह ,स्वामिकार्तिक, बुढीगंगा र जगन्नाथको मतगणना सकिँदा कांग्रेसका जनक राज गिरीले रुख चिन्हमा ८ हजार ६ सय ८७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले ८ हजार २ सय १७ मत पाएका हुन्।

कांग्रेसका गिरी एमालेका थापा भन्दा ४ सय ७० मतले अग्र स्थानमा छ्न्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ३ हजार ७ सय ९५ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्। नेकपाका प्रकाश बहादुर शाहले १ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्।

त्यस्तै केशर शाहीले हलो चिन्हमा १ सय ८७,दिपक डिसिले आँखामा ८६,भुपेन्द्र विक गुलाफमा १७४ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चरोमा ५९ मत पाएका छन्।

बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २ सय ३२ मत खसको हो।एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार रहेका छन्। अब बडिमालिका, बुढिनन्दा,गौमुल र त्रिबेणि नगरपालिकाका मत गणना गर्न बाँकी रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.