ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी
काठमाडाैं। प्रतिनिधिसभासदस्य निर्वाचनअन्तर्गत ताप्लेजुङमा नेकपा (एमाले)का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार थेबेले १३ हजार ९६२ मत प्राप्त गर्दै नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बूलाई २ हजार २५१ मतान्तरले पराजित गरेका हुन्। तुम्याहाङले ११ हजार ७११ मत प्राप्त गरेका छन्।
मतगणनाको सुरुवाती चरणमा अग्रता लिएका कांग्रेस उम्मेदवार तुम्याहाङले अन्तिमसम्म भने आफ्नो अग्रता जोगाउन सकेनन्। पछिल्लो चरणमा एमालेका थेबेले मतान्तर बढाउँदै अन्ततः जित हात पारेका हुन्।
अन्य उम्मेदवारमध्ये खेलप्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५, सन्तोष राईले ५ हजार २०९ तथा वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत प्राप्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment