महोत्तरीका १ र २ मा रास्वपा उम्मेदवार निर्वाचित
काठमाडाैं।गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यहाँका चार प्रतिनिधिसभा क्षेत्रमध्ये दुईको मतपरिणाम घोषणा भएको छ। महोत्तरीका १ र २ को सम्पन्न मतगणनाअनुसार दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन्।
घोषित मतपरिणामअनुसार महोत्तरी-१ क्षेत्रबाट प्रमोदकुमार महतो विजयी भएका छन्। महतो ३४ हजार ६३६ मत प्राप्त गरी निर्वाचित भएका हुन्। महतोका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गिरीराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
१२ राजनीतिक दल र १३ स्वतन्त्रसमेत २५ उम्मेदवार रहेको यो क्षेत्रमा नेकपा (एमाले)का लक्ष्मी महतो कोइरीले छ हजार ५९१ र नेपाली कांग्रेसका मुकेशराज काफ्लेले छ हजार २१३ मत प्राप्त गरेका छन्।
त्यसैगरी, महोत्तरी-२ को सम्पन्न मतगणनाअनुसार रास्वपाकै दीपककुमार साह ३२ हजार ७३२ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले १० हजार १९८ र नेपाली कांग्रेसका किरण यादवले नौ हजार ७४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment