सल्यानमा नेकपाका रमेशकुमार मल्ल निर्वाचित

डिसी नेपाल
२४ फागुन २०८२ ९:०७
44
Shares

सुर्खेत । प्रतिनिधि सभा निर्वाचनमा सल्यानमा नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दलाई दुई हजार २८५ को मतान्तरमा मल्ल निर्वाचित भएका हुन् ।

मल्लले २३ हजार ९८९ मत प्राप्त गरी निर्वाचित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले २० हजार ९०४ मत प्राप्त गरे ।

सल्यानमा नेपाली कांग्रेसका केशबहादुर विष्ट १७ हजार ५५८ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.