काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं २  मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल निर्वाचित भएका छन् ।
दुलालले २१ हजार ६ सय ९९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी बंशलाल तामाङले १९ हजार १ सय ४६ मत प्राप्त गरे । दुलाल २०७४ देखि २०७९ र २०७९ देखि २०८२ माघसम्म दुई पटक बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनले बागमती प्रदेश सरकारमा सामाजिक विकास मन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।