ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुंपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो।
आज चाँदी मूल्य तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment