रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

डिसी नेपाल
२५ फागुन २०८२ २१:५८
132
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र बरिष्ठ नेता वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन्।

मोदीले दुवै नेतासँग सोमबार टेलिफोन संवाद गर्दै हालै सम्पन्न निर्वाचनमा रास्वपाको जीतका लागि बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन्।

संवादका क्रममा उनले आगामी दिनमा बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीले संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.