बाबुराम भट्टराई भारत प्रस्थान
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गरेका छन्। उनी नयाँ दिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन दिल्ली प्रस्थान गरेका हुन्
समिट आगामी मार्च १२, १३ र १४ मा आयोजना हुँदैछ र यसमा विश्वभरिका नीति–निर्माता, सांसद, व्यवसायी, प्रविधि विज्ञ तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। समिटको मुख्य उद्देश्य विश्वव्यापी शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, सुरक्षा, वातावरण र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी समसामयिक विषयमा बहस र विचार–विमर्श गर्नु रहेको छ।
भट्टराईले यस सम्मेलनमा ‘गेस्ट अफ ओनर’ का रूपमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। सम्मेलनअन्तर्गत मार्च १४ शनिबार बिहान डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे आफ्नो विचार प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। उनको सचिवालयका अनुसार भट्टराई फागुन ३० मा स्वदेश फर्कने छन्।







डिसी नेपाल







Facebook Comment