सोमपाल र सावित्रा विभूषित

डिसी नेपाल
३ असोज २०७६ २३:१०

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा विभिन्न खेलका तीन दर्जन बढी खेलाडी र प्रशिक्षकलाई विभूषित गरेको छ ।

सरकारले खेलकुदको माध्यमबाट राष्ट्रको लागि योगदान पुर्याएको भन्दै तीन दर्जन बढी खेलाडी तथा प्रशिक्षकलाई विभिन्न पदकबाट विभूषित गरेको हो ।
सरकारले जनसेवा श्री पञ्चम श्रेणी पदकबाट क्रिकेटका सोमपाल कामी, फुटबलकी सावित्रा भण्डारी, प्रशिक्षक अनन्त राज थापा, भलिबल प्रशिक्षक भरत शाह, कराते खेलाडी मण्डेकाजी श्रेष्ठ, फुलमाया क्यापछाकी, अजय तामाङ, अजित कुमार यादव, प्रिन्स दाहाल, महिमा कोइराला र महेश्वर महर्जनलाई विभूषित गरेको जनाएको छ ।

यस्तै महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्का, कराँतेका प्रशिक्षक दिपक श्रेष्ठ, भारत्तोलनकी टिका कुमारी पुन, सुर्य कुमारी गुरुङ र रेस्लिङकी भगवती खड्का सुप्रबल जनसेवा श्री तृतीय श्रेणीबाट विभूषित भए ।

त्यस्तै सरकारले सुर्किती पदकबाट पौडीकी ओलम्पियन गौरिका सिंह, गल्फका टंक बहादुर कार्की, पुरन राई, रेश्मा भण्डारी र निरु थापालाई सम्मान गर्ने जनाएको छ ।

यस्तै नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन थापा बैंकिङ क्षेत्रबाट जनसेवा श्री पञ्चम श्रेणी पदक पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *