राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन

डिसी नेपाल
२८ फागुन २०८२ १६:२७
28
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन्।

अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभा र प्रतिनिधिसभा हलका साथै मल्टीपर्पोज हलको अवस्थाका बारेमा जानकारी लिएका हुन्।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संसद बैठक बस्ने कक्ष तयार नहुँदा मल्टीपर्पोज हललाई तयार गर्न लागिएको छ। अध्यक्ष दाहालले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहणका लागि बनिरहेको मल्टीपर्पोज हलको प्रगतिका बारेमा पनि जानकारी लिए।

सहरी विकास मन्त्रालयका अधिकारीका अनुसार शनिबारसम्म मल्टीपर्पोज हललाई सभाकक्षका रुपमा निर्माण गरिसक्ने बताएका छन्। साथै भवन परिसरको सरसफाइ पनि गरिने उनीहरुले बताएका छन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरु तयार हुन भने अझै १/२ महिना लाग्ने उनीहरुको भनाइ छ।

अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण र त्यसपछि प्रतिनिधि सभाको बैठकका लागि सबै तयारी गर्न निर्देशन दिए।

बैठक हलको अव्यवस्थाका कारण समग्र राष्ट्रकै बेइज्जत हुने स्थिति आउन नहुने भन्दै अध्यक्ष दाहालले रातदिन जसरी हुन्छ, काम द्रुत गतिमा गर्न आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *