जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
जुम्ला । अन्तर्राष्ट्रिय तेल उत्पादक देशहरूमा बढ्दो तनावको प्रभाव जुम्लामा पनि देखिन थालेको छ।
जुम्लाको बसपार्क क्षेत्रमा खाना पकाउने सिलिन्डर ग्यास लिन उपभोक्ताहरू लामबद्ध भएर कुर्न थालेका छन्। ग्यासको सम्भावित अभावलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पूर्वतयारी थालेको छ।
ग्यास आपूर्तिमा समस्या आउने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालयले उद्योग वाणिज्य संघ जुम्ला, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय तथा ग्यास डिलरहरूसँग बैठक बसी वितरण व्यवस्थालाई व्यवस्थित बनाउने निर्णय गरेको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले जुम्लामा एलपी ग्यासको अभाव हुन नदिन वितरण प्रणालीलाई पारदर्शी बनाउने निर्णय गरेको हो।
न्यू बुढा जनरल स्टोर र लगन स्टोर एण्ड सप्लायर्सले ग्यास वितरण गर्दा उपभोक्ता र सिलिण्डरको अभिलेख राखेर मात्र वितरण गर्ने व्यवस्था मिलाउने भएको छ।
यसैगरी डिलरबाट ल्याइने ग्यास सिलिण्डरको पनि अभिलेख राखिनेछ। यस व्यवस्थाबाट कालोबजारी नियन्त्रण गर्नुका साथै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्य राखिएको प्रशासनले जनाएको छ।
प्रशासनले अब जिल्ला बाहिरबाट कति ग्यास आयात भयो, डिलर तथा सहायक पसलमार्फत कति वितरण भयो र उपभोक्तासम्म कति पुगेको छ भन्ने विवरणसमेत फरमेटका आधारमा अभिलेख राखिने जनाएको छ।







डिसी नेपाल







Facebook Comment