पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्य वृद्धि

डिसी नेपाल
१ चैत २०८२ २२:०९
640
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रति लिटर १७२ पर्ने भएको छ भने डिजल- मट्टीतेल प्रतिलिटर १५२ पर्ने भएको छ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३१, डिजलमा ५४ र एलपी ग्यासमा २१६ बढेर आएको जानकारी दिएको छ।

निगमले बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.