ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायीरुपमा बन्द
काठमाडौं। मध्यपूर्व युद्धको तनावका बीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायीरुपमा बन्द भएको छ। यात्री र कर्मचारीको सुरक्षालाई सुनिश्चित गर्न अस्थायी रुपमा सबै उडान निलम्बित गरिएको अधिकारीहरुले बताएका छन्।
विमानस्थल नजिक लागेको आगो निभाउन मुस्किल भइरहेको बेला सबै उडान रद्द गरिएइको हो। अमेरिकाले इरानमाथि आक्रमण गरेपछि शुरु भएको युद्धका कारण संसारभरका हवाइ उडानहरुको ट्रान्जिट मानिने मध्यपूर्वका देशहरु प्रभावित भएका छन्।
संसारकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा हजारौं उडान र लाखौं यात्री प्रभावित भएका छन्दुबई नागरिक उड्डयन प्राधिकरणका अनुसार यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै सावधानीका रूपमा उडान स्थगित गरिएको हो।
यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ।
एमिरेट्स एयरलाइन्सले यात्रुहरूलाई तत्काल विमानस्थल नजान अनुरोध गर्दै यात्रु र चालक दलको सुरक्षा नै आफ्नो सबैभन्दा ठूलो प्राथमिकता भएको जनाएको छ। अधिकारीहरूले आगलागी नियन्त्रणमा आइसकेको र घटनामा कोही घाइते नभएको जनाएको छ। यो विमानस्थलबाट सन २०२५ मा एक वर्षमा मात्रै ९ करोड यात्रीले यात्रा गरेका थिए।







डिसी नेपाल







Facebook Comment