हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

डिसी नेपाल
३ चैत २०८२ १०:१७
48
Shares

सुर्खेत। आइतबारदेखि दुई छोराछोरीसहित हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका-१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ भने पाँच वर्षीय छोरा दीपक कठायत अझै बेपत्ता छन्।

आइतबार बिहान आशा छोराछोरीसहित बेपत्ता भएकी थिइन्। ३८ वर्षीया मायाको आइतबार बेलुका र ११ वर्षीया आशाको मंगलबार बिहान शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

मायाको शव लेकबेशी नगरपालिका-३ को पटारेमा र आशाको गुर्भाकोट-१३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको हो थापाले बताए। ‘बेपत्ता आमा र छोरीको लास भेटिएको र पाँच वर्षीय छोरा दीपक कठायतको खोजी भइरहेको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.