इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

डिसी नेपाल
३ चैत २०८२ १०:२८
320
Shares

काठमाडौं । अमेरिकी सैन्य अधिकारीहरूले इरानसँगको युद्धमा घाइते अमेरिकी सैनिकहरूको संख्या झन्डै २०० पुगेको बताएका छन्। यीमध्ये कम्तिमा १३ जनाको मृत्यु भइसकेको छ।

मध्यपूर्वमा अमेरिका र इजरायल तथा इरानबीचको युद्ध फेब्रुअरी २८ मा सुरु भएको थियो। त्यसयता ३ हजार भन्दा बढी मानिसको मृत्यु भएको इरानी समूहले जनाएको छ।

इरान बाहिरबाट सञ्चालन भइरहेको मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले कुल मृत्यु हुनेमा १,३५१ नागरिक र १,१२६ सैन्य कर्मचारी रहेको बताएको छ।

लेबनानमा मृत्यु हुनेको संख्या ८८६ पुगेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६७ महिला र १११ बालबालिका रहेका छन्।

संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, साउदी अरेबिया, बहराइन र ओमानमा पनि युद्धसँग सम्बन्धित मृत्युको रिपोर्ट आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.